चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवघाट गाउँपालिका वडा नम्बर ५ का ५२ वर्षिय बिक्रम तामाङ् रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट जुगेडी तर्फ गइरहेको ना ८ ख ४५६२ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००१ प ८५५१ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ तामाङ् घाईते भएका थिए । घाईते तामाङ्को उपचारका क्रममा पुरानो मेडीकल कलेजमा आज दिउँसो ३ः३९ वजे मृत्यु भएको हो । ट्रिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।






