चितवनः नेपाल प्रहरीका महानिरिक्षक धिरज प्रताप सिंहले निर्वाचनलाई निस्पक्ष र भयरहित बातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी लाग्ने बताउनुभएको छ । नेपाल प्रहरी शिक्षालय भरतपुरको प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट लाग्न निर्देशन दिनुभयो ।
आम नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिलाउने गरि काम गर्न निर्देशन दिदैं उहाँले आम प्रहरीलाई आचरण, इमान्दारीता र निष्ठामा ख्याल गर्नु पर्ने बताउनुभयो । हरेक अबस्थामा सम्यमता अपनाएर काम गर्नुपर्ने भन्दै उहाँले कर्तव्य निष्ठ भएर कार्य क्षेत्रमा लाग्नुपर्छ भन्नुभयो । हरेक काम कारवाही व्यवसायीक, पारदर्शी र नागरिकको पक्षमा हुनु पर्ने भन्दै उहाँले सबैको भरोसा र आसाको केन्द्र प्रहरी बन्नुपर्ने बताउनुभयो । सो अबसरमा तालिम संयोजक प्रहरी उपरिक्षक प्रकाश मल्लले तालिम सम्बन्धि प्रतिबेदन पेश गर्नुभएको थियो ।
शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक सन्दिप भण्डारीले दिक्षित भएका प्रहरी नायब निरिक्षकहरुलाई शपथ ग्रहण गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !