चितवनः नेकपा माओवादी केन्द्रका अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था वदलिए पनि जनताको अबस्था बदलिन नसकेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र चितवनले आज यहाँ आयोजना गरेको पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक न्याय र समानतालाई नयाँ उचाईमा पु¥याउन आबश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “निकै ठूलो त्याग र तपश्या पछि देशमा लोकतान्त्रीक गणतन्त्र आयो व्यवस्था वदलियो तर जनताको अबस्था बदलिएन ।” उहाँले थप्नुभयो “घर आगन बदल्ने, उज्यालो ल्याउने, सम्बृद्धि ल्याउने बिकासलाई गति दिने, सामाजिक न्याय र समानताको नयाँ उचाई छुने हाम्रो प्रतिबद्धता छ ।”देश संघिय गणतन्त्रमा आई सकेको भन्दै उहाँले देशलाई अब बिकास निर्माण र सम्बृद्धिको आबश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो “सामाजिक न्याय, सबैलाई समानता र बिकासको तिब्र गतिको आबश्यकता छ ।”
चितवनमा अहिले नमुना बिकासको प्रयास गरिरहेको भन्दै उहाँले आउने दिनमा निकै ठूलो फड्कोका साथ बिकास र सम्बृद्धिको नयाँ मोडल चितवनले प्रदर्शन गर्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो “चितवनको बिकासको मोडेल देशै भरी फैल्याउने गौरब तपाईहरुलाई प्राप्त हुने छ ।” चितवन मार्फत सिंगै देशको बिकासलाई गति दिईने उहाँले बताउनुभयो । आँफुले यो राष्ट्रका सबै उत्पिडित जाती, क्षेत्र लिङ्ग, समुदाय सबैलाई सम्बृद्धिको उचाईमा लाने सपना बोकेको उहाँको भनाई थियो ।
सो अबसरमा बिभिन्न पार्टी परित्याग गरेका कार्यकर्ताहरुलाई उहाँले माओवादी केन्द्रमा प्रबेश गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !