चितवन: माओवादी केन्द्रका अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबकास प्राप्त समायोजित सेनाहरुको मागका पक्षमा आँफु सकारात्मक रहेको बताउनुभएको छ । अबकास प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन पछि पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले अबकास प्राप्त समायोजित सेनाहरुको माग सम्बोधन गर्न आँफु तयार रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “उहाँहरुको मुख्य माग संगठनमा आबद्ध गर्ने र निर्बाचन लड्ने अबसर दिनु पर्छ भन्ने रह्यो । यसमा मैले संगठनमा बस्ने मिल्छ । निर्बाचन लड्न पनि मिल्छ भनेको छु ।”पूर्ब सेनाको संगठनमा बसेर समेत काम गर्न सक्ने उहाँको भनाई थियो । कार्यक्रममा अबकास प्राप्त समायोजित सेनाहरुले आँफुहरुको अबस्था र अहिले देखिएको पार्टीको समस्याका बारेमा जानकारी गराएका थिए । पत्रकारहरुलाई प्रबेश नदिईएको गोप्य भेलामा अबकास प्राप्त सेनाहरुले खुलेर आफ्ना समस्या र सुझाब दिएका थिए । तत्कालिन समयमा जनमुक्ति सोबाट नेपाली सेनामा समायोजन भई अबकास भएकाहरुले भेला गरेका हुन ।
पार्टीको बिभिन्न कार्यक्रमहरुमा सहभागी हुन गृह जिल्ला चितवन आउनु भएका दाहाल दुई दिन चितवन बस्ने कार्यक्रम रहेको छ । यसै क्रममा दाहालले आज माछा व्यवसायीहरु संग समेत भेट गर्नु भएको छ । नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष सहितको टोलिलाई भेट्दै उहाँले माछा व्यवसायीहरुको माग सम्बोधन गर्न राज्य लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो “नीति निर्माणको काम सम्पन्न भएको छ । कार्यान्वयनमा नजाँदा समस्या आएको हो ।” माछा व्यवसायीहरुले भन्सार छलि आएका माछाका कारण स्वदेशी माछाले वजार पाउन नसकेको गुनासो गरेका थिए । संघका अध्यक्ष खगेन्द्र सुवेदीले भारतबाट आयातीत अस्वस्थकर माछा नियन्त्रण गर्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !