चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १० का सबै टाेलमा सरसफाई गरिएकाे छ । एक घर एक सहभागिता वडा भित्र रहेका २७ वटै टाेलमा एकै साथ सरसफाई गरिएकाे हाे ।
चाड पर्वकाे समयमा टाेल सरसफाई अभियान स्वरुप हरेक टाेलमा वडा कार्यालयले सरसफाईका सामाग्री हस्तान्तरण गर्नुभयाे । रु १ लाख बराबरकाे सामान बितरण गरिएकाे वडा अध्यक्ष परमेश्वर खनालले जानकारी दिनुभयाे । जिल्ला प्रहरी कार्यालय चितवनकाे टाेली सहित सरसफाई गरिएकाे हाे । हरेक टाेलमा वडा अध्यक्ष सहित वडा सदस्यकाे उपस्थिति रहेकाे थियाे । साे क्रममा चाडपर्वकाे समयमा हुन सक्ने बिकृति बिसंगति र चाेरी लुटपाट लगाएतका कृयाकलाप नियन्त्रण सम्बन्धि पाेष्टर बितरण गरिएकाे थियाे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नरहरी अधिकारी सहितकाे टाेलीले घरदैलाे समेत गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस !