चितवन: नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु कुमार अग्रवालले आर्लथिक तरलताका कारण नेपालका उद्योगहरु धरासायी वन्दै गएको बताउनुभएको छ । चितवन उद्योग संघको ३१ औं साधारण सभामा बोल्दै उहाँले आर्थिक तरलता र उच्च व्याजदरका कारण उद्योगीहरु पलायन वन्ने अबस्थामा पुगेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो “बिगत ३ वर्ष देखिको तरलता र अहिले भएको व्याजदर बृद्धिले उद्योगी पलायन हुने स्थिती आएको छ । जसले गर्दा नेपालका उद्योगहरु धरासायी वन्दै गउका छन् ।” ७ प्रतिशतमा रहेको व्यजदर अहिले बढेर १४ प्रतिशतमा पुगेको बताउँदै उहाँले यस बिषयमा सरकार गम्भिर वन्नु पर्ने बताउनुभयो । तरलताका कारण व्यावसायीहरु असामान्य स्थितिमा पुगेको उहाँको भनाई थियो । यस बिषयमा आँफुहरुले प्रधानमन्त्री, अर्थमनत्री र गर्भनर संग समेत कुरा गरेको बताउँदै उहाँले राज्यपक्ष निरिह वन्दा व्यवसायी मारमा परेको बताउनुभयो ।
नेपालका उद्योगहरुले आयात प्रतिस्थापन गर्न सक्ने गरि काम अघि बढाउनु पर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “निर्यातलाई बढाएर आयातलाई प्रतिस्थापन गर्नु आजको अबश्यकता हो ।”आयातलाई प्रतिस्थापन गर्नका लागि उद्योगहरु खुलेर उत्पादन बढाउन आबश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले देशमा यही अबस्था रहे आर्थिक संकट आउन सक्ने बताउनुभयो । व्याज बढ्ने र लगानी गर्ने पैसा पाउन कठिन हुने हुँदा आर्थिक संकटको स्थिति आउने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “राज्यले उद्योगीहरुको सम्मान गर्न नसक्दा यस्तो समस्या आउने खतरा बढेको छ ।” उद्योगी व्यवसायीहरुको सम्मान गर्न सक्नु पर्ने उहाँले बताउनुभयो । उद्योगी व्यवसायीको पक्षमा निजी क्षेत्र एक आपसमा समन्वय गरेर अघि बढ्नु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश अध्यक्ष तारानाथ चौलागाई, नेपाल उद्योग परिसंघ बागमती प्रदेश उपाध्यक्ष भेषराज दवाडी, चितवन उद्योग संघका अध्यक्ष चुननारायण श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, उद्योग संघ चितवनका गर्भनरका अध्यक्ष दिवाकर खरेल लगाएतले बोल्नु भएको थियो । उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।






