चितवनः वन तथा बातावरण मन्त्री प्रदिप यादबले निकुञ्ज ऐनका कारण मानब र वन्यजन्तु बिचको द्धन्द्ध न्यूनिकरणमा कठिनाई आएको बताउनुभएको छ । चितवन राष्ट्रिय निकुञ्जको ५० औं स्थापना दिवसको स्वर्ण महोत्सब तथा राष्ट्रिय संरक्षण दिवस २०७९ को अबसरमा आज कसरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो ऐन परिवर्तन आबश्यक रहेको बताउनुभयो ।
उहाँले वन्यजन्तु बनमा र मानब समुदायमा रहनु पर्ने बताउदै भन्नुभयो “तपाईहरुले वन्यजन्तुको संरक्षण गर्नुहोस । तपाईहरुको संरक्षण सरकारले गर्छ ।” समुदायका लागि जिविको पार्जनका कार्यक्रमहरु मन्त्रालयले गर्ने उहाँको भनाई थियो । निकुञ्ज ऐन २०२९ ले समेत समस्या सृजना गरेको भन्दै उहाँले भन्नुभयो “यो ऐन मानिसको आबश्यकता अनुसार परिवर्तन हुन्छ ।”यस ऐनका कारण पनि मानब र जनावर बिचको द्धन्द्ध वढ्दै गएको उहाँले बताउनुभयो ।
वन्यजन्तु संरक्षणमा समुदायको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ । वन र वन्यजन्तु संरक्षणमा ठूलो चुनौति रहेको बताउँदै यसमा साथ र सहयोग समुदायको हुनु पर्ने बताउनुभयो । वन्यजन्तु र मानब बिचको द्धन्द घटाउन सरकारले काम सुरु गरेको उहाँले बताउनुभयो । बन्यजन्तु र मानव बिचको द्धन्द्ध घटाउन नयाँ उपकरण जडान गरी बन्यजन्तु बस्तिमा पस्न रोक्ने बताउनुभयो । यस संगै अन्य गतिबिधि निकुञ्जले गर्ने उहाँको भनाई थियो ।
भारतमा सफल परिक्षण भईसकेको एनाइडर प्रबिधिको यहाँ पनि प्रयोग गर्न लागिएको उहाँले वताउनुभयो । उहाँले भन्नुभयो “भारतको झारखण्ड र उत्तर प्रदेशमा जनावर र मानब बिचको द्धन्द्ध कम गर्न प्रयोग भएको उपकरण यहाँ पनि प्रयोग गर्ने तयारीमा रहेका छौ ।”यसका लागि सरकारले रु २ करोड बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “अहिले बोलपत्र आव्हान गर्ने तयारी गरिरहेको छ ।” यसले जनावरलाई बस्ति पस्न रोक्न मद्धत पुग्ने उहाँले जानकारी दिनुभयो ।
बातावरणको संरक्षण गर्न नसक्दा अहिले जलवायु परिवर्तनको समस्या बढ्दै गएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “बातावरण संरक्षण गर्न नसक्दा जलवायु परिवर्तनको असर नेपालमा समेत देखा पर्न थालेको छ ।” जलवायु परिवर्तनको बिषयमा बिज्ञहरु संग परामर्श गर्ने काम भईरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “नेपालमा पनि क्लाईमेट इमर्जेन्सी लगाउनु पर्ने समय आई सकेको छ । बिज्ञहरुको राय आए पछि निर्णय लिन्छौ ।”
कार्यक्रमा बोल्ने बक्ताहरुले निकुन्ज र समुदाय बिचको द्धन्द्ध न्यूनिकरणका लागि राज्यले ठोस कार्यक्रम ल्याउनु पर्ने बताएका थिए । राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउन नसक्दा निकुञ्ज र समुदाय बिचको दुरी कम हुन नसकेको उनीहरुको भनाई थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागका महानिर्देशक महेश ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लाल बाबु श्रेष्ठ, पूर्ब सचिब कृष्ण प्रसाद आचार्य, बागमती प्रदेश वन तथा बातावरण मन्त्रालयका सचिब यज्ञनाथ दाहाल, वन तथा भू संरक्षण बिभागका महानिर्देशक देवेशमणी त्रिपाठी, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिब सरदचन्द्र अधिकारी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, पूर्ब प्रमुख संरक्षण अधिकृत रामप्रित यादब लगाएतले बोल्नु भएको थियो । सो अबसरमा बोल्दै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निकुञ्जमा अहिले भएका गतिबिधि र बिगतका कामहरुको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा जैबिक बिबिधता संरक्षणमा सहयोग पु¥याउने, वन्यजन्तु संरक्षणमा काम गर्ने, संरक्षणका बिषयमा कलम चलाउने पत्रकारलाई सम्मान गरिएको थियो । निकुञ्जले ५० औं स्थापना दिवस पारेर वर्ष भरी बिभिन्न कार्यक्रम गरी मनाउने जनाएको छ । निकुञ्जले प्रकाशन गरेको स्मारिका बिमोचन, स्वर्ण स्तम्भ अनावरण र बृत्तचित्र प्रदर्शन गरिएको थियो । बि. सं. २०३० सालमा स्थापना भएको यो नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो । असोज ४ गते निकुञ्ज ५० औं बर्षमा प्रबेश गरेको छ ।






