चितवनः बिश्व हिन्दु महासंघको नेत्रित्वमा चितवनमा बसेको ३ दर्जन बढि धार्मीक तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको भेलाले अनसन रत धाार्मीक अभियान्ता प्रेमनिधि भारद्धाजले सुरु गरेको आमरण अनसन प्रति एकिकबद्धता जनाउदै थप संघ्रषका कार्यक्रम अगाडी बढाउने निर्णय गरेको छ । बिश्व हिन्दु महासंघका केन्द्रिय सदस्य टंकनाथ पौडेलको अध्यक्षतामा बसेको भेलाले भारद्धाजका माग पुरा गराउन आवस्यक परे १० औ हजार मानिस सडकमा उतारेर नेपाल बन्द समेत गर्न पछि नपर्ने निर्णय गरेको हो ।
बैठकले आन्दोलनका कार्यक्रमलाई थप शशंत्त बनाउने गरी बागेश्वरी आध्यात्मिक परिषदका संरक्षक शान्त प्रशाद पोखरेलको संयोजकत्वमा २७ संघ्रष समिति निमार्ण गरेको छ । जसको सहसंयोजकमा प्रेम प्रसाद गैरे,अनिता खरेल,हिरालाल कंडेल,चेतराज कंडेल, राजु भट्राई,सुर्यबहादुर कार्की,प्रेमकुमारी तामागं र ममता शर्मा न्यौपाने रहेका छन् । त्यस्तै प्रवक्तामा धुर्व राज मिश्र, सचिवमा ईश्वरी प्रसाद खराल, सहसचिवमा राम प्रसाद ओस्ती,कोषाध्यक्षमा जिवलाल पुरी रहेका छन् भने अन्य सदस्यहरु रहेका छन् ।
त्यस्तै बरिष्ठ समाजसेवी टंकनाथ पौडेल प्रमुख सल्लाहकार, बागमती प्रदेश निर्वतमान संसद बिजय सुबेदी , बरिष्ठ समाजसेवी उमासंकर अग्रवाल, बुद्धिसागर भण्डारी, शालिकराम सापकोटा,रमेशबाबु ढकाल, रुद्र प्रसाद पौडेल,मोहन बिक्रम शाह,गौर गोबिन्द दास,मनोहरी कंडेल, बिष्णु प्रसाद न्यौपाने र भेषराज दुवाडी सल्लाहकार रहेका छन् ।
संघ्रषको पहिलो चरणका कार्यक्रम अन्त्रगत यहि ९ गते चितवनमा बिशाल प्रर्दशन गर्ने कार्यक्रम तय भएको प्रमुख सल्लाहकार टंकनाथ पौडेलले बताउनुभयो । प्रर्दशनमा ५ हजार बढिको सहभागिता गराईने उहाँले जनकारी दिनुभयो ।
यहि १ गते देखी आमरण अनसन बसेका भारद्धाजको अवस्था गम्भिर बन्दै जान थालेको छ । ७ औ दिन सम्म पनि स्थानिय सरकार तथा प्रशासनले सत्याग्राहीका माग प्रति सम्बोधन नगरेको प्रति धार्मीक अभियान्ता तथा राजनितिक दलका प्रतिनिधिहरुले आपति जनाएका छन् ।
काग्रेस चितवनका सभापति राजेश्वर खनालले भारद्धाजका माग सरकारले सम्बोधन गरी नागरिकको जिवन रक्षा गर्नु पर्ने बताउनुभयो ।
त्यस्तै एमालेका नेता तथा प्रदेश पुर्व संसद बिजय सुबेदीले भारद्धाजका स्थानियमागहरु स्थानिय सरकारले सहजै पुरा गर्न सक्ने खालका भएकाले तत्कालै पुरा गर्नु पर्ने बताउनुभयो । आजका दिन सम्म पनि माग सम्बोधन नहुनु गम्भिर भएको उहाँको भनाई थियो । भारद्धाजका माग सम्बोधन गरी अनसनबाट उठ्ने बातावरण बनाउन सुबेदीको आग्रह छ ।
भारद्धाजको अवस्था अहिले जटिल बन्दै गएपछि भारद्धाज लाई चिकित्सकको टोलिले सलाएन लगाएर राखेको छ । खैरहनी नगर अस्पताल प्रमुख डा प्रशान्त कंडेल नेत्रित्वको टोलिले उनको स्वास्थ्यको नियमित निगरानी गरेको छ । भारद्धाजको सरिरमा गुल्कोजको मात्रा र सोडियमको मात्रा घटेको , युरिक एसिड बड्नका साथ साथै रगतमा उच्च जन्डिस देखिएको डा कंडेलले बताउनुभयो । अनसन रत भारद्धाजलाई रिगटा लाग्ने र शारिरिक कम्जोरी सुरु भएको डा कंडेल बताउछन् ।
सनातन हिन्दुराष्ट्र नेपाल घोषणा हुनुपर्ने, सबै पालिकाहरुमा सुरक्षित गोवनको व्यवस्था हुनुपर्ने, राष्ट्रिय सनातन संस्कृति आयोग गठन गर्नुपर्ने, कालीगण्डकीलाई नेपाल सम्पदा र विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने , नदि हरुमा ब्यवस्थित घाट निमार्ण गर्नु पर्ने लगायतका राष्ट्यि मागहरु राखिएका छन् ।
त्यस्तै आरती स्थलको ब्यवस्था गर्नु पर्ने, गुरुकुल तथा मठ मन्दिर आश्रममा बसेर पढ्नेहरुका लागी पनि छात्रबृति दिनु पर्ने , नियमित आरतीका लागी बजेट दिनु पर्ने लगाएतका स्थानिय माग रहेका छन् । सनातन–संस्कृति–संरक्षण अभियानमार्फत संविधान जारी हुने बेला १७ दिनसम्म भारद्धाज आमरण अनसन बस्नु भएको थियो ।






