चितवनः नेपाली काँग्रेसका युवा नेताएबं सामाजिक व्यक्तित्व साजन कुमार महतो प्रदेश सभा निर्वाचनका लागि बलियो उम्मेदवारकको रुपमा रहनु भएको छ । नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा केन्द्रिय महाधिबेशन प्रतिनिधिको रुपमा रहनु भएका महतो चितवन क्षेत्र नम्बर ३ (ख)का लागि बलियो उम्मेदवारको रुपमा रहनु भएको छ ।

बिद्यार्थी राजनिति देखि काँग्रेसको बिधि र नीतिमा हिड्नु भएको युवा पर्यटन व्यवसायी महतो पछिल्ला पुस्तामा भिज्नु भएका व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । माडी क्षेत्रमा गएको बाढी देखि जंगली जनावारले पु¥याएको क्षतीमा समेत आफ्नो उपस्थिति देखाउनु भएका महतो अहिले टिकटका लागि दौड धुपमा रहनु भएको छ । प्रदेश सभामा आकांक्षि तीन जना मध्ये सबैभन्दा बलियो उम्मेदवारको रुपमा महतो रहनु भएको छ ।

माडी क्षेत्रमा बाढीले धनजनको क्षती गर्दा एकमुष्ठ आर्थिक सहयोग लिएर जनताको माझमा पुग्नु भएका महतोले जंगली जनावारका कारण मानविय क्षती हुँदा किरिया खर्च स्वरुप आफुले सक्दो सहयो गर्दै आउनुभएको छ । राजनिति संगै पर्यटन व्यवसायमा लाग्नु भएका साजन कुमार महतो त्यस क्षेत्रमा रहेका आदीबासी थारु समुदायको प्रतिनिधित्व गर्दै आउनु भएको छ । नेपाली काँग्रेसको राजनितिमा लाग्नु भएका महतो त्यस क्षेत्रमा यस अघि मामा भान्जा बिच निर्वाचन हुँदा झिनो मतले पराजय हुनु भएको थियो। नेकपा एमाले र माओवादी बिचको तालमेलका क्रममा समेत झिनो मतअन्तरले पराजय भोग्नु भएका महतो अहिलेको निर्वाचनका लागि बलियो दाबेदारको रुपमा रहनु भएको छ ।
थारु समुदायको बाक्लो बसोबास रहेको यस क्षेत्रमा निर्वाचन जित्नका लागि समेत थारु समुदायकै व्यक्तिलाई सहज हुने आकलन गर्दै आईएको छ । गत स्थानीय तहको निर्वाचनमा माडी नगरपालिकामा आउको मत परिणामले समेत यो कुराको पुष्टि गरेको छ । उहाँ संगै टिकटका आकांक्षिहरु जिल्लामा भएका बिभिन्न कार्यक्रमहरुको आर्थिक अनियमिततामा जोडिएका छन् । सबै पद आफ्नै परिवारलाई चाहने व्यक्तिहरु पनि निर्वाचनमा टिकटका लागि काठमाडौं रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !