चितवन: भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित पूब पस्चिम राजमार्ग अन्तर्गत टिकाैली जंगलमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ९ बस्ने ६२ वर्षिय प्राण जवारा रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।
बिरगंजबाट काठमाडौं जान आउँदै गरेकमे ना ७ ख ३७२३ नम्बरकाे तेलबाेकेकाे ट्याङ्करले बिपरित दिशातर्फ जाँदै गरेकाे बा ८३ प ५५३ नम्बरकाे स्कुटरलाई ठक्कर दिएकाे थियाे । ठक्करबाट गम्भिर घाईते जवाराकाे उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएकाे हाे । दुर्घटना आज साँझ ६:४५ वजे भएकाे प्रहरीले जनाएकाे छ । स्कुटरलाई ठक्कर दिन ट्याङ्कर र चालक दुबै प्रहरीको नियन्त्रणमा रहेकाे छ ।






