चितवनः भारतबाट भन्सार छलि ल्याईएका माछा स्थानीय प्रशासनले बरामद गरेको छ । पशु क्वारेन्टाईन रामनगर, नेपाल मत्स्य व्यवसायी संघ चितवन र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीलले आज बिहान माछा बरामद गरेको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्का अनुसार भन्सार छलि ल्याईएको माछा नियन्त्रणमा लिईएको हो । रात्री बसमा लुकाई छिपाई ल्याईएको ६२० किलो माछा नियन्त्रणमा लिईएको संघका जिल्ला अध्यक्ष खगेन्द्र सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ग १ ख ८८२२ नम्बरको बसमा लुकाई ल्याईएको माछा नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिईएको माछालाई आबश्यक कानुनी प्रकृया पुरा गरी कारवाही गरिने प्रमुख जिल्ला अधिकारी तामाङ्ले जानकारी दिनुभयो । आबश्यक प्रकृया पुरा गरेर नष्ट गर्ने उहाँले बताउनुभयो ।
असोज १ गतेबाट पशु क्वारेन्टाईन, मत्स्य व्यवसायी संघ र नेपाल प्रहरीको संयुक्त टोलिले रामनगरमा चेकजाँच गर्दै आएको छ । नेपालमा उत्पादीत माछाले बजार मूल्य नपाएको र भारतबाट भन्सार छलि माछा आउने गरेको गुनासो बढे पछि चेकजाँच सुरु गरिएको हो । मकवानपुरको रातोमटे र सिन्धुलीमा समेत चेकजाँच गरिएको संघका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।






