चितवनः यहि मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा एबं प्रदेश सभा निर्वाचनमा अपाङ्गमैत्री बतावरण बनाउन जिल्लाका राजनैतिक दलहरु समक्ष माग गरिएको छ । नेत्रहिन युवा संघ नेपाल चितवनले जिल्लामा कृयाशिल राजनैतिक दलहरुलाई ज्ञापन पत्र बुझाउँदै अपाङ्गमैत्री वातावरण बनाउनका ध्यानाकर्षण गराएका हुन ।
संघका जिल्ला सचिब किरण पन्तका अनुसार जिल्लामा क्रियाशिल राजनैतिक दल र निर्वाचन आयोगलाई ज्ञापन पत्र मार्फत अपाङ्ग मैत्री बातवरण वनाउन माग गरिएको हो । नेकपा एमाले चितवन, नेपाली काङ्ग्रेस चितवन, नेकपा माओवादी केन्द्र चितवन, बिबेकशिल साझा पार्टी चितवन, राप्रपा चितवन र निर्वाचन कार्यालय चितवनमा संघले ज्ञापनपत्र बुझाएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा अपाङ्ंगता भएका व्यक्तिले सहजै मतदान गर्न मिल्ने गरी व्यवस्था मिलाउन पहल गर्न दलहरुको ध्यानाकर्षण गराइएको पन्तले बताउनुभयो । समानुपातीक निर्वाचन प्रणालीमा दलहरुले नाम सूचिकृत गर्दा अपाङ्गता भएका व्यक्तिहरुलाई प्रथामिकतामा राखिनु पर्ने, अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका बारेमा आफ्नो घोषणा पत्रमा स्पष्ट लेखिनु पर्ने, निर्वाचनमा मतदान गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरुलाई सहज बातावरण वनाईनु पर्ने लगाएतका मागहरु सहित संघले दलका नेताहरुलाई ज्ञापनपत्र बुझाएका हुन् । संघकी जिल्ला कोषाध्यक्ष कोपिला केसीले मतदानस्थलमा स्वयमसेवीका रुपमा कम्तिमा एक जना अपांगता भएका व्यक्तिलाई समेत परिचालन गर्न दलहरुलाई सुझाव दिईएको बताउनुभयो ।
संघको ज्ञापनपत्र बुझदै दलका नेताहरुले आगामी निर्वाचन अपाङ्ग मैत्री बनाउन राजनैतिक दलहरु लाग्ने प्रतिबद्धता जनाएका छन् । नेकपा एमालेका बाग्मती प्रदेश कमिटी सदस्य कृष्ण प्रसाद भुर्तेलले एमाले यसअघि अपाङ्गका मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बताउँदै आगामी दिनमा पनि सम्बोधनका लागि पहल गर्ने बताउनुभयो । नेपाली कांग्रेसका जिल्ला सचिव सूर्य अर्यालले लोकतन्त्रमा आस्था राख्ने पार्टी भएकाले अपाङ्ग मैत्री निर्वाचन गराउन पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । शिवाकोटी र बस्नेतले आसन्न निर्बाचनमा अपाङ्गहरुलाई दलले उम्मेदवार बनाउने प्रतिबद्धता जनाउनु भयो ।
अपाङ्गका समस्या समाधान गर्न दलहरु मार्फत निर्वाचन आयोगलाई दवाव दिने उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !