काठमाडौंः पाँच वर्षे कार्यकालका लागि निर्वाचित प्रतिनिधि सभाको अनितम बैठक आज बस्दै छ । आजको प्रतिनिधि सभा बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतका नेताले सम्बोधन गर्ने तय भएको छ । आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुँदैछ ।

प्रतिक्रिया दिनुहोस !