चितवन: जिल्ला प्रशासन कार्यालय चितवनले सात जना मिटरव्याजी बिरुद्ध मुद्धा दर्ता गरेको छ । आन्तरिक छलफलका क्रममा सहमति नजुटेपछि जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ताका लागि फाईल पठाईएको छ ।
दुई पक्षीय सहमती हुन नसके पछि ती मुद्धालाई प्रहरी कार्यालय पठाईएको प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दबंश न्योपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार परेका परेका निवेदन मध्ये अहिले अन्य ५ वटा मुद्धा छलफलमा रहेका छन् । ती ५ वटा उजुरीमा पक्ष र बिपक्षिको वयान लिने काम जारी रहेको उहाँले जानकारी दिनुभयो । अन्य उजुरीहरुको बिषयमा सम्बन्धित व्यक्तिहरुलाई बोलाउने क्रममा रहेको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले जिल्ला प्रशासनबाट आएका फाइलहरुको कानुनी प्रकृया सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “अनुसन्धान सुरु गरिएको छ । कुन कानुन आकर्षण हुन्छ । सरकारी वकिल संगको परामर्शमा छौ ।”
प्रशासन कार्यालयमा परेका मिटर व्याजिकाे बिरुद्धमा २२ उजुरी परेकाे छ ।

प्रतिक्रिया दिनुहोस !