चितवनः नेकपा माओवादी चितवनका सह–इन्चार्ज यमबशमदुर परियार इन्द्रजित नेकपा एमाले प्रबेश गर्नुभएको छ । उहाँलाई नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलले पार्टी केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पार्टी प्रबेश गराउनु भएको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन नजिकिदैं जाँदा नेकपा माओवादी केन्द्रका पूर्ब जिल्ला अध्यक्ष समेत रहनु भएका परियार पार्टी प्रबेश गर्नुभएको हो । चितवन क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभाको निर्बाचन लड्ने तयारी गरिरहेको समयमा जिलला इन्चार्ज सहित जिल्लाका नेताहरु एमालेमा प्रबेश गर्नुले माओवादी केन्द्रलाई निर्वाचन जित्न कठिन देखिएको छ । एमाले र माओवादी मिलेर वनेको नेकपाका जिल्ला अध्यष समेत रहेर काम गर्नुभएका परियार सहित जिल्लाका प्रभावशाली नेताहरु एमालेमा समाहित वने संगै चितवन क्षेत्र नम्बर ३ मा निर्वाचन जित्न प्रचण्डलाई कठिन बनेको हो । नेकपा माओवादी केन्द्र भरतपुर महानगर सह–इन्चार्ज अन्जन तिमिल्सीना समेत एमाले प्रबेश गर्नु भएको छ ।
दाहाल परिवारको एकाधिकारका कारण पार्टी छोड्नु परेको उनीहरुले प्रतिकृया दिएका छन् । चितवनमा माओवादी नेताहरु दाहाल परिवारको पेरिफेरी घुमेर अन्यलाई बेवास्ता गर्ने गरेको सो अबसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस !