चितवनः बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले प्रमाणीत सूचना आम नागरिक सम्म पु¥याउनु पर्ने बताउनुभएको छ । नेपाल फोटो पत्रकार महासंघको दोस्रो केन्द्रीय महाधिवेशनको आज सौराहामा उद्घाटन गर्दै उहाँले तस्बिरले प्रमाणीत सूचना दिने बताउनुभयो ।
पहिले पहिले खिचेका तस्बिरहरुको दस्तावेजीकरण गर्दै त्यसै कामलाई परिस्कृत ढङ्गले अहिले तस्बिर लिने गरेको भन्दै उहाँले तस्बिरले यथार्थ समाचार दिने बताउनुभयो । फोटो खिचेर कार्यक्रम उद्घाटन गर्नु भएका खनालले सरकारले फोटो पत्रकारका समस्यालाई सम्बोधन गर्नुपर्छ भन्नुभयो । राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा फोटोको माध्यमबाट चिनाउन सकिने उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब सृजना अर्याल, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने, नेकपा एमाले चितवनका सचिब प्रकाश खनाल, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराई लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
आज बन्द सत्र गरि शुक्रबार बिहान नयाँ कार्यसमिति चयन गरेर महाधिबेशन सम्पन्न हुँदै छ । उद्घाटन सत्र हुनु अघि सौराहामा प्रभात फेरीको आयोजना गरिएको थियो । महाधिबेशनमा चार सय हाराहारी प्रतिनिधि सहभागी भएका छन् ।
महासंघको सात वटै प्रदेश र ७४ वटा जिल्लामा समिति रहेको महाधिवेशन मूल समितिका सहसंयोजक कोमलचन्द्र भगतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !