चितवनः मनिट्रान्सफरमा डाँका गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट सुस्ता पूर्ब घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर १६ मा डेरा गरि बस्ने ४२ बर्षिय मिनमान सुनार रहेका छन् ।
कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितका अनुसार यही भदौ २६ गते भरतपुर महानगरपालिका वडा नम्बर ४ फनपार्क नजिक रहेको नारायणी मनि ट्रान्सफरमा डाँका गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । सुनारले मनिट्रान्सफरमा रहेका कर्मचारीलाई धारिलो हतियार देखाएर रु २ लाख ४ हजार २५० लुटपाट गरेका थिए । पक्राउ परेका सुनारलाई आज पत्रकार सम्मेलनको आयोजना गरि सार्बजनीक गरिएको हो ।
पक्राउ परेका सुनारको साथबाट बागमती प्रदेश ०३–००१ ह १२६३ नम्बरको अटो सहित धारिलो हतियार दाउ २ थान र पोको पारेर राखेको रु १३ हजार ६०५ नगद वरामद गरिएको पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका सुनारको कोठामा खानतलास गर्दा नग रु १ लाख ६७ हजार बरामद भएको छ । उनले भरतपुर महानगरपालिका वडा नम्बर २६ सिसै स्थित पानीको घोलभित्र लुकाई राखेका कपडा भेटिएको कार्यालयले जनाएको छ । पक्राउ परेका उनलाई डाँका चोरी मुदामा थप अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
मानब बेचबिखन तथा ओसारपसारको आरोपमा एक पक्राउ
मानब बेचबिखन तथा ओसारपसारको आरोपमा प्रहरीले एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ बस्ने ४८ बर्षिय खेम प्रसाद भट्टराई रहेका छन् । उनले म्याग्दी बेनी नगरपालिका वडा नम्बर १० घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर २ गोलाघाट परिवार संग बस्दै आएकी परिबर्तिन नाम ३५ भरतपुर ११ लाई भारत हुँदै कुबेत पठाईदिने भन्दै बेच बिखनका लागि लैजाने क्रममा भदौ २७ गते सोमबार पुलचोकबाट पक्राउ गरिएको हो ।
भट्टराईले ती महिलालाई भारतबाट कुबेत जाने र रु ५० हजार तलब हुने, कसैलाई नभन्नु भन्दै लैजान लागेको क्रममा सोमबार बिहान पक्राउ गरिएको हो ।
पण्डितका अनुसार पक्राउ परेका भट्टराईलाई मानब बेचबिखन तथा ओसारपसार मुद्धामा अनुसन्धान सुरु गरिएको छ ।
२६ थान मोवाईल फेला
बिभिन्न समयमा हराएका २६ थान मोवाई प्रहरीले फेला पारि सम्बनिधत धनीलाई बुझाएको छ । पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार जिल्लाको बिभिन्न स्थानबाट बिभिन्न मितिमा हराएका मोवाईल काठमाडौं, पर्सा, नवलपरासी, कास्की लगाएतका जिल्लाबाट ल्याईएको हो ।
नगद रु १४ हजार देखि रु १ लाख २५ हजार सम्मका मोवाईल गरि रु ७ लाख २५ हजार बराबरको मोवाईल धनीलाई बुझाईएको पण्डितले जानकारी दिनुभयो ।






