चितवनः पबित्र धार्मीक स्थल देवघाटमा ३० फिट अग्लो अष्ठ धातुको भगवान शिवको मूर्ती निर्माण गरिने भएको छ । भरतपुर नगरपालिका वडा नम्बर १ तर्फ रोटरी करुणालय आडैमा देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले मूर्ती निमार्ण गर्न लागेको हो ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेका अनुसार देवघाट क्षेत्र विकास समितिले मूर्तीका लागि बिस्तृत अध्ययन प्रतिबेदन तयार गरि सकेको ठाउँमा प्रतिष्ठानलाई मूर्ती निर्माण गर्न भनिएको हो । प्रदेश सरकारले निमार्ण गरेको देवघाट धामको बिस्तृत अध्ययन प्रतिबेदनमा ३० फिट अग्लो अष्ठ धातुको शिवको मूर्ती पनि समाबेश भएकाले त्यही ठाउँमा रोटरी बृद्धाश्रम तलको नदी किनारको स्नान घाट छेउको जग्गामा मूर्ती निमार्ण हुनेउहाँले बताउनुभयो ।
मूर्ती निमार्णका लागी प्रदेश सरकार, भरतपुर महानगर, देवघाट क्षेत्र विकास समिति तथा दाताहरुले सहयोगको आश्वासन प्राप्ता भएको प्रतिष्ठानका अध्यक्ष ढुन्डिराज सिलवालले बताउनुभयो । मूर्ती निमार्णमा रु ६ करोड खर्च हुने अनुमान रहेको छ । मूर्तीको उचाई ३० फिटको हुनेछ भने मोटाई ८ फिटको रहने छ ।
मूर्ती निर्माणमा ३ हजार केजी तामा, २ हजार केजी पित्तल, २ सय केजी जस्ता, २५ केजी काँस, ३० केजी सिसा, चादी ५०० ग्राम, सुन ५०० ग्राम, फलाम १० केजी प्रयोग हुने अध्यक्ष सिलवालले जानकारी दिनुभयो ।
वैदिक धर्मको आदर्श परम्परा अटल राखेर हिन्दुत्वको महत्वलाई स्थापित गराउदै पर्यटन प्रर्वधनमा योगदान पुर्याउने उद्धेश्य सहित मूर्ती निर्माण गर्न लागेको आयोजक संस्थाका संरक्षक प्रखर भागवत बाचक आचार्य बालकृष्ण अर्यालले बताउनुभयो । यो महान र पुण्य काम भएकाले सबै मिलेर यसलाई पूर्णता दिनु पर्ने उहाँको भनाई छ ।






