चितवन: माडीमा बाघकाे आक्रमणबाट एक बृद्वकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर २ ढिकुनका ६८ बर्षिय सुर्यनाथ अधिकारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितका अनुसार शनिबार भैसी चराउन सामुदायीक बनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेकाे हाे । शनिबार देखि हराउनु भएका अधिकारीकाे आज बिहान ८:३० वजे मृत भेटिएकाे हाे । शव मध्यवर्ती सामुदायीक वन अमिलियामा बाघले आक्रमण गरेकाे जस्ताे देखिएकाे अबस्थामा भेटिएकाे कार्यालयले जनाएकाे छ ।
शवकाे पाष्टमाटमका लागि भरतपुर अस्पताल ल्याईएकाे छ ।






