चितवन: नेपाली कांग्रेसका नेता अनिल परियार कानकाे हत्यामा संलग्न भएकाे भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । कान हत्यामा संलग्न भएकाे भन्दै भरतपुर महानगरपालिका भरतपुर महानगरपालिका वडा नम्बर १५ का तिलक गैरे लाई पक्राउ गरिएकमे हाे ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गैरेलाई प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा रुपन्देहीको बेलहियामा लुकीछिपी हिंडिरहेको अवस्थामा बिहान सात बजे पक्राउ गरेको हो । रुपन्देही प्रहरीले उनलाई पक्राउ गरी प्रहरी कार्यालय चितवनमा दाखिला गरेको छ । उनलाई आज बिहान १० बजे चितवन जिल्ला अदालतमा उपस्थित गराईएको चितवन प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्यको पहिचान र खोजी कार्य भइरहेकोे छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर खेल मैदाननजिकै वैशाख २५ गते साँझ ७. ३० बजेको समयमा अज्ञात समूहले परियारको हतियार प्रयोग गरी हत्या गरेका थियाे ।
हत्यामा संलग्न विश्व भन्ने हेमन्त बास्तोला र राहुल परियार पुर्पक्षको लागि थुनामा रहेका छन् भने बिक्रम भन्ने रोहित प्रसाद सिलवाल २० हजार धरौटीमा रिहा भएका छन् ।






