चितवनः प्रधानमन्त्री एबं नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले गठवन्धन तोड्न ठूलो षड्यन्त्र भएको बताउनु भएको छ । नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको जनताको साथमा काङ्ग्रेस अभियानको समापन एबं बिशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठवन्धनको बिरोधमा बोल्नेहरुका कुरा षड्यन्त्रकारी भएको बताउनुभयो ।
गठवन्धन तोड्नु भनेको काङ्ग्रेस पार्टीलाई सिध्याउने षड्यन्त्र भएको बताउँदै उहाँले भन्नुभयो “बल्ल बल्ल पार्टी बलियो हुँदै छ । यसलाई सिध्याएर के हुन्छ ।त्यसैले गठवन्धनको खिलापमा बोल्ने कुरा छैन ।” गठवन्धनको बिरुद्धमा बोल्न नहुने भन्दै उहाँले पार्टीलाई बढिभन्दा बढि फाईदा हुने गरि लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले थप्नुभयो “गठवन्धनमा बढि से बढि फाइदा लिन हामी प्रयास गछौं । तर गठवन्धन कुनै हालतमा टुट्दैन, तोड्नु हुँदैन । यसमा ठूलो सहयोग भएको छ ।” कसैको भ्रममा नपर्न कार्यकर्तालाई निर्देशन दिदै उहाँले फाईदाका लागि दबाब दिन सक्ने तर तोड्ने कुरा गर्न नहुनेमा जोड दिनुभयो ।
गठवन्धनका कारण काङ्ग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरु हुने अबसर प्राप्त गरेको भन्दै उहाँले गठवन्धन भएर धेरै निर्वाचित हुँदै गर्दा त्यो अबसर फेरी पनि प्राप्त हुने बताउनुभयो । पार्टी एक बनाउन नसकेको अबस्थामा एक्लै लडौं बा गठवन्धन गरेर लडौं पछाडी पर्ने भएकाले पार्टीलाई एक बताउन जरुरत रहेको उहाँले बताउनुभयो । गठवन्धन बनेर सरकार बनेकै कारण नेकपा एमालेको एकलौटी हैकमबादको अन्त्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “उनीहरुको हैकमबाद चलेको छैन । मनोबोली चलेको छैन ।”हिजो बाहीर हुँदा तत्कालिन एमालेको सरकारले गरेको कृयाकलापको स्मरण गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उहाँले गठवन्धन अघि वढ्दै गर्दा सबै ठाउँमा काङ्ग्रेसको सरकार बन्ने सम्भावना रहेको बताउनुभयो । देउवाले भन्नुभयो “हिजोको अबस्था कस्तो थियो । ओलीलाई हटाउनु प¥यो , हटाउनु प¥यो भनेको होईन सबैले ।”
सारा साथीहरु त्यतिबेला थरर थिए अहिले अबस्था कस्तो भएको छ उहाँले प्रश्न गर्दै भन्नुभयो “अहिले यो हुदैन, त्यो हुँदैन भन्नु हुँदैन ।” नेपाली काङ्ग्रेस बलियो र ठूलो बनाउन गठवन्धन आबश्यक रहेको भन्दै उहाँले भ्रमको पछाडी नलाग्न पनि आग्रह गर्नुभयो । कतिपयले एमसिसि संगै अमेरिकी सेना बस्छ भनेर भ्रम फैलाएको भन्दै उहाँले भन्नुभयो “खै बिदेशी सेना आयो त ? अहिले बिदेशी सेना आएको छ त? यस्तो पनि कुरा पत्याएर हिड्ने हो ? त्यो सित्तैमा आएको पैसा लिन नचाहाने, झुट्टा आक्षेप लगाउने, झुट्टा मुद्धा र प्रचार गरेर पार्टीलाई सिध्याउन खोजेको बताउँदै उहाँले भन्नुभयो “झुट्टा प्रचार गरेर हाम्रो पार्टीलाई कम्जोर बनाउने काम भईरहेको छ । षड्यन्त्र भईरहेको छ । ” यसबाट सबै साबधान भएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
गठवन्धनको सरकार बने संगै यसले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भएरहित बातावरणमा सम्पन्न गरेको बताउनुभयो । मंसिरमा हुने प्रदेश र संघको चुनाब शान्तिपूर्ण, स्वतन्त्र र निस्पक्ष रुपमा गर्ने कुरामा प्रतिबद्ध रहेको बताउनुभयो । नेपालको संबिधान कार्यान्वयनलाई अघि बढाउँदै जनतालाई शान्ति, सुरक्षाको प्रत्याभूति दिदैं निस्पक्ष र भएरहीत स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्बाचन सम्पन्न गर्ने जिम्मेवारी सरकारको रहेको बताउनुभयो । सरकारको सामु मुलुकको राजनैतिक स्थिरता संगै ठूलो कष्ठका साथ जारी गरिएको संबिधान कार्यान्वयन गर्नु पर्ने जिम्मेवारी रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले पार्टी र लोकतन्त्रको हितका लागि गठवन्धन आबश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “कतिपयलाई रुचिकर नहुन सक्छ । पार्टी र लोकतन्त्रको हितका लागि गठवन्धन जरुरी छ ।” बिधिको शासन र संबिधानको रक्षाका लागि गठवन्धन अघि बढेको उहाँले बताउनुभयो । बिपिको प्रजातान्त्रीक समाजबादको सान्दर्भिकता अझै बढेर गएको उहाँको भनाई थियो । बिश्वमा नेपाललाई चिन्दै गर्दा सगरमाथाको देश, गौतम बुद्ध जन्मिएको देश र बिपिको जन्मभूमि भनेर चिन्ने गरेको उहाँले बताउनुभयो ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एबं चितवनमा प्रतिनिधि भएर आउनु भएका श्यामकुमार घिमिरेले गठवन्धनको कुनै पनि उम्मेदवारले हार्नुपर्दा गठवन्धनले हार्ने भएकाले सोही अनुरुप परिचालन हुन अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ, बागमती प्रदेश सभापती इन्द्रबहादुर बानीया, पूर्ब जिल्ला सभापति रामकृष्ण घिमिरे र क्षेत्रीय सभापती राजु शिलवालले आउँदो निर्वाचनमा काङ्ग्रेसलाई पहिलो पार्टी हुने गरि एकजुट बनाएर अघि बढाउनु पर्नेमा जोड दिनुभयो । सो अबसरमा जिल्लाका बिभिन्न तह र तप्कामा रहेर पार्टीलाई योगदान पु¥याउने जिबित र मरणोपरान्त गरि १५० जनालाई सम्मान गरिएको थियो ।






