चितवनः प्रधानमन्त्री एबं नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवा आज चितवन आउनुभएको छ । नेपाली काङ्ग्रेसले आयोजना गरेको जनताको साथमा काङ्ग्रेस कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न देउवा चितवन आउनुभएको हो ।
बिहान ११ ः१५ वजे नेपाली सेनाको हेलिकोप्टरबाट उहाँ चितवन आउनुभएको हो । देउवाले भरतपुरको एक होटलमा खाना खाएर केही जिल्ला नेता कार्यकर्ता भेट गर्दै हुनुहुन्छ । यस संगै दिउँसो १२ वजे विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एबं सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ वजे फर्कने कार्यक्रम रहेको छ । उहाँ संगै गृहमन्त्री बालकृष्ण खाँण पनि आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !