चितवनः पूर्बी चितवनको राप्ती नगरपालिकामा रहेको मञ्जुश्री दाना उद्योगमा आगलागी भएको छ । राप्ती नगरपालिका वडा नम्बर ३ मा रहेको किरण ओलीको दाना उद्योगमा आज बिहान १ः ४० बजे आगलागी भएको हो । कुखुराको दाना गोदाममा बिद्युत सर्ट भई आगलागि भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीका अनुसार आगलागीबाट रु १ करोड ५० लाखको क्षती भएको छ । दना वनाउन प्रयोग हुने मेसिन, बिजुलीका सामान, गोदाममा भएका दाना क्षती भएको उहाँले जानकारी दिनुभयो । आगो नेपाल प्रहरी, शशस्त्र प्रहरी, दमकल र स्थानीयको सक्रियतामा ३ः२० वजे नियन्त्रणमा आएको छ ।






