चितवनः देशभरका सामुदायिक पुस्तकालयको छाता संगठन नेपाल सामुदायिक पुस्तकालय संघको यहाँ सम्पन्न १३ औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले सन्तोष रावलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
सर्वसम्वत रुपमा चयन भएको समितिको बरिष्ठ उपाध्यक्षमा भरत खड्का, महासचिवमा राजेन्द्रप्रसाद पाण्डेय रहनु भएको छ । प्रदेश उपाध्यक्षहरुमा क्रमशः प्रदेश १ बाट भीमकुमारी रावत, मधेश प्रदेशबाट भरत गिरी, बागमती प्रदेशबाट सुजता विष्ट, गण्डकी प्रदेशबाट लीला भण्डारी, लुम्बिनी प्रदेशबाट चेतकान्त भट्टराई, सुदुरपश्चिमबाट ज्ञानुराज विनाडी चयन हुनुभएको छ ।
यसैगरी सचिवमा बालकृष्ण थपलिया, कोषाध्यक्षमा सागर मिश्र, सदस्यहरुमा लवहरी दाहाल, खड्गनारायण चौधरी, गंगा ढकाल, माधव भण्डारी, गोविन्द शर्मा, प्रतिक्षा चौधरी, पुष्पराज जोशी चयन हुनुभएको छ ।
रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटा प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा संघका संस्थापक अध्यक्ष बासु ढुंगाना, रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठ, शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला, संघका संस्थापक महासचिव भोलानाथ शर्मा, रिड नेपालका उपनिर्देशक चिनकाजी श्रेष्ठ, देउखुरी सामुदायिक पुस्तकालयकी अध्यक्ष उवा पाठक, प्रगतिनगर सामुदायिक पुस्तकालयका अध्यक्ष खिमानन्द भूषाल, रत्ननगरका शिक्षा अधिकारी बद्रिनारायण शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो ।
संघका निर्वतमान अध्यक्ष केशवराज आचार्यले कोभिड महामारीका कारण विगतमा सोचे जस्तो उपलब्धिमुलक काम गर्न नसकेको र नवनिर्वाचित कार्यसमितिले पुस्तकालयको विकास तथा बिस्तारमा उल्लेख्य कार्य गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।






