चितवनः यहि मंसिर ४ मा हुने संघिय निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेस चितवनका निवर्तमान सभापती जीतनारायणा श्रेष्ठकाे नाम सिफारीस गरेकाे छ । क्षेत्रीय समितिले आज श्रेष्ठ सहित ५ जनाकाे नाम सिफारिस गरेकाे हाे । श्रेष्ठलाई उच्च प्रथामिकतामा राखेर नाम सिफारीस गरिएकाे क्षेत्रीय सचिब निर्मलकुमार रानाले जानकारी दिनुभयाे ।
महामन्त्री गगन थापाकाे जस्ताे वाककला भएका श्रेष्ठले आफ्नाे राजनैतिक यात्र नेपाल बिध्यार्थी संघबाट सुरु गर्नु भएकाे हाे । युवा पुस्तामा रुचाईएका श्रेष्ठले यश अघि चितवन क्षेत्र नम्बर २ क बाट प्रत्यक्ष निर्वाचन लड्नु भएकाे थियाे । एमाले र माओबादिकाे गठवन्धनका कारण उपबिजेता वन्नु भएका श्रेष्ठलाई अहिले संघिय निर्वाचनका लागि उम्मेदवारी सिफारीस गरिएकाे हाे ।
चितवन क्षेत्र नम्वर २ मा टिकट पाउने प्रवल दाबेदारका रुपमा रहनु भएमा श्रेष्ठ नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति समेत रहनु भएकाे छ ।






