चितवनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेघौली बिमानस्थलको स्तरोन्नतीको काम छिट्टै सम्पन्न हुने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको मेघौली बिमानस्थलको स्तरोन्नती सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै ऐतिहाँसीक महत्व बोकेको यो बिमानस्थलको काम तिब्र गतिमा अघि वढ्ने बताउनुभएको हो ।
बिमानस्थल स्तरोन्नतीका लगि सर्बेक्षण गरेर प्राबिधिक रिपोट तयार गर्नका लागि प्रयोग गरिने ड्रोन उडाएर कामको सुभारम्भ गर्दै उहाँले छिट्टै बिमानस्थलको कामले पूर्णता पाउनेमा आँफु बिश्वस्थ रहेको बताउनुभयो । भरतपुर बिमानस्थलको बिस्तार र मेघौली बिमानस्थलको धावन मार्गको कालोपत्रे सहितको स्तरोन्नतीका लागि निरन्तर लागि रहनु भएका यसै क्षेत्रका सांसद समेत रहनु भएका दाहालले दुई बिमानस्थलको बिकास संगै यहाँको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो “पर्यटन बिकासको दृष्टिले मेघौलीको सम्भावना प्रचुर रहेको छ ।” निकुञ्ज संगै आदिबासी समुदायको संस्कृती र भेषभूषाले पर्यटनलाई आकर्षण गरेको उहाँले बताउनुभयो । दाहालले भन्नुभयो “थारु, दराई र कुमालको संस्कृती एबं परम्परा संगै निकुञ्ज हुनुको कारणले अपार सम्भावना र चुनौति दुबै छ ।”
बन्यजन्तुबाट जनताको सुरक्षाका निम्ति नयाँ प्रबिधिको प्रयोग गर्ने बिषयमा छलफल चलिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “प्रधानमन्त्री, अर्थ मन्त्री र वन तथा बातावरण मन्त्री संग कुराकानी भै रहेको छ । भारतमा जस्तै यहाँ पनि नयाँ प्रबिधिको प्रयोग गर्ने कुरा ।” भारतमा वन्यजन्तुबाट जनताको सुरक्षाका लागि बिशेष प्रकारको संयन्त्र बिकास भएको भन्दै उहाँले यसका लागि केही करोड वजेट भए पुग्ने बताउनुभयो । आँफुले नारायणी तटवन्ध,चक्रपथ, भरतपुर देखि मेघौली सम्मको सहायक राजमार्ग, मंगलपुर देखि मेघौली सम्मको सडकको स्तरोन्नती लगाएतका महत्वपूर्ण बिकास निर्माणमा जोड दिएको बताउनुभयो । मेघौलीलाई बिशेष आर्थिक र पर्यटन क्षेत्रको रुपमा बिकास गर्नेकाम तिब्र गतिमा अघि वढेको दाहालले बताउनुभयो ।
गोलाघाटमा पुल निर्माण युनेस्कोका कारण रोकीएको भन्दै उहाँले त्यसका लागि पनि पत्राचार गरिएको जानकारी दिनुभयो । त्यहाँ सम्भावना रहेन भने पनि घोसारघाट स्विकृत भईसकेको बताउनुभयो । राप्ती, रिउ र नारायणी नदीको संगम स्थल पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यो ठाउँमा डुङ्गामा बसेर महासागरमा बसेको आनन्द लिन सकिन्छ ।” आँफु ११÷१२ वर्षको हुँदा मेघौली बिमानस्थलमा जहाज आएको र गएको समयलाई खाजा खाने समय सूचक बनाउने गरेको स्मरण उहाँले गर्नुभयो । कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर र मेघौली बिमानस्थलको काम संगै अघि वढेको भन्दै यसले महानगरको आर्थिक बिकासमा ठूलो टेवा पुग्ने बताउनुभयो । पहिलो कार्यकाल थाल्दा देखिनै बिमानस्थल बिस्तारको कामलाई प्राथामिकतामा राख्नु भएकी दाहालले यसले यहाँको बिकासमा फड्को मार्न सहयोगी बन्ने बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो निरन्तरको प्रयास सार्थक अबस्थामा पुग्दै छ ।”सोही अबसरमा नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले मेघौली बिमानस्थल गुणस्तरीय पर्यटक चार्टर गर्ने महत्वपूर्ण बिमानस्थलको रुपमा बिगतमा परिचित रहेको बताउनुभयो । भरतपुर बिमानस्थल र मेघौली बिमानस्थलको काम अघि वढेको भन्दै उहाँले यसले चितवनको बिकासमा ठूलो सहयोग पु¥याउने बताउनुभयो । मेघौलीको सर्बे सकिए संगै लागत निकालेर वोलपत्र आव्हान गरिने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका पर्यटक बिज्ञ सल्लाहाकार डा. विश्वराज सुवेदीले मेघौलीको पर्यटकीय महत्वका बारेमा प्रकाश पार्नु भएको थियो । सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिर देखि विमानस्थल बन्द भएको हो । त्यसयता विमानस्थलमा फाट्टफुट्ट उडान हुने गरे पनि नियमित छैन । विसं २०१७ मा विमानस्थल स्थापना भएपछि निकुञ्जभित्र रहेको टाइगरटप्स जङ्गल लजमा आउने पाहुना ल्याउन विमानले उडान भर्दै आएका थिए ।
कुनै बेला मेघौली एयरपोर्टमा १० वटासम्म जहाज उड्ने उत्रने गर्दथे । सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थल २३ बिघा जमीनमा फैलिएको छ । विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ । बिमानस्थलको धावन मार्गमा कालोपत्रे गरेर ट्रमिनलहरु व्यवस्थित गर्न लागिएको हो ।
विमानस्थलमा होटल टाइगरटप्स रहुञ्जेल अन्तर्राष्ट्रिय हात्तीपोलो खेलसमेत हुने गरेको थियो । अहिले मेघौलीमा हात्तीपोलो खेल पनि बन्द भएको छ । मेघौलीदेखि जगतपुरसम्मको क्षेत्रमा राम्रा र ठूला ५० बढी पर्यटकीय होटल छन् ।






