चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा माईक्रो बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २९ जुगेडीमा बा ३ ख ४६५४ नम्बरको माइक्रो बस आज बिहान अनियन्त्रीत भई दुर्घटना भएको हो ।
दुर्घटनामा माइक्रो चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितका अनुसार घाईते मध्ये ९ जनाको चितवन मेडीकल कलेज र ३ जनाको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ । अन्य ४ जना चितवन मेडीकल कलेजबाट उपचार पश्च्यात घर फर्किएका छन् ।
नारायणगढबाट काठमाडौं तर्फ जाँदै गरेको माइक्रो बस अनियन्त्रित भइ सडकमा पल्टिएको हो । घाईते सबैको अबस्था मध्यम रहेको छ ।





