चितवन : आगामी मंसीर ४ गते हुन गईरहेको संघ र प्रदेश निर्वाचनका लागि राप्रपा नेपालले चितवनका तीनवटै क्षेत्रका लागि आफ्नो उम्मेदवार सिफारीस गरेको छ ।
बिहीबार जिल्ला अध्यक्ष विष्णु प्रसाद खराल र प्रमुख अतिथि पार्टीका सहमहामन्त्री सुनील कुमार क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले सर्वसम्मत रुपमा उम्मेदवारका लागि सिफारिस गरेको हो ।
जसअनुसार चितवन क्षेत्र नम्बर १ प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ राजु मियांँ अंगेराज , प्रतिनिधि सभा समानुपातिकमा बलराम आचार्य र प्रदेश सभा समानुपातिक तर्फ काशी थापा घर्तीमगरलाई छनौट गरेको हो ।
यसैगरी क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फ नगेन्द्र देउजा ,प्रदेश सभा २ (क) बाट दुर्गा प्रसाद भट्टराई, र २( ख) बाट चन्द्रकला खरेल न्यौपाने रहेका छन । यस्तै प्रतिनिधि समानुपातिकमा बिष्णु प्रसाद खराल र प्रदेश समानुपातिकमा कल्पना थापा शिफारिस भएका छन ।
क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा सुनील कुमार क्षेत्री, प्रदेश सभा सदस्य ३ (क)बाट लिलु रिमाल र ३ (ख)बाट गंगा थापालाई छनौट गरिएको राप्रपा नेपाल, चितवनले जानकारी दिएको छ ।






