चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । आज बिहान ८ वजे सडक खण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायव उपरिक्षक बिजयराज पण्डीतका अनुसार दुबै ठाउँमा लेदो सहितको पहिरो खसेको हो । निरन्तरको वर्षातका कारण पहिरो झर्नेक्रम नरोकीएको उहाँले जानकारी दिनुभयो । पहिरो पन्छाउनका लागि समन्वय भईरहेको उहाँले बताउनुभयो । पहिरोका कारण सो सडक खण्ड भएर चल्ने सवारी साधन रोकीएका छन् ।
सोही स्थानमा बिहिबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याईएको थियो ।






