चितवन: भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारीमा पहिरो खस्दा नारायणगढ –मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ । आज बिहान ५ः५० बजे लेदो सहितको पहिरो खसेर सडक अबरुद्ध भएको हो ।
पहिरोका कारण सडक दुई तर्फि अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । अबरुद्ध सडक खुलाउन पहल भई रहेको उहाँले बताउनुभयो । निरन्तर पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको छ । पहिरोका कारण सो सडक भएर गुड्ने सवारी साधन रोकिएका छन् ।






