चितवनः नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ “क” का निबर्तमान क्षेत्रीय सभापती तथा नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि टंकनाथ पौडेलले आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ । आज नेपाली काँग्रेस पार्टी कार्यालय कमलनगरमा उहाँले क्षेत्रीय समिति प्रदेश २ “क”मा आफ्नो दाबी प्रस्तुत गर्नुभएको हो ।
लामो समय देखि काँग्रेसको राजनितिमा लाग्नु भएका पौडेलले प्रदेश सभाका लागि प्रत्यक्षमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको काँग्रेस चितवनले जनाएको छ । बि. सं. २०४५ साल बाट नेबिसंघको राजनिति यात्रासंगै उहाँको राजनिति सुरु भएको थियो । बि. सं. २०४८ सालमा नेपाली काँग्रेसको कृयाशिल सदस्यको रुपमा पार्टीको राजनितिमा लाग्नु भएको हो । नेपाली काँग्रेसको राजनिति संगै बिभिन्न आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आउनु भएका पौडेल प्रदेशमा आफ्नो बिकल्प नरहेको बताउनुहुन्छ ।
राजनैतिक यात्राका क्रममा नेपाली काँग्रेसको बिभिन्न पदमा रहेर काम गर्नुभएका पौडेल देवघाट क्षेत्र बिकास समितिको पूर्ब अध्यक्ष, बागिश्वरी गौं संरक्षण केन्द्रको अध्यक्ष, मैयादेबी कन्या कलेजको अध्यक्ष, नेपाल रेडक्रश सोसाईटीको आजिवन सदस्य, पतन्जली योग समिति चितवनका संरक्षक जस्तो पदमा रहेर काम गर्नु भएका पौडेल युवा पुस्ता देखि बृद्धबृद्धा सम्म लोकप्रिय हुनुहुन्छ । समाजमा सामाजिक व्यक्तित्वका रुपमा चिनिनु भएका पौडेल स्नातकोत्तर सम्मको अध्ययन गर्नु भएको छ । स्पष्ट बक्ताको रुपमा परिचय बनाउँदै आउनु भएका उहाँले पार्टीले आँफुलाई निर्वाचनमा टिकट दिए निर्वाचन जित्ने बलियो आधार आँफुसंग रहेको बताउनुभयो ।






