चितवनः नारायणगढ –मुग्लिन सडक खण्डमा पहिरो खसि अबरुद्ध भएको सडक सञ्चालनमा आएको छ । सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारीमा आज बिहान २ः३५ बजे पहिरो खसी सडक अबरुद्ध भएको थियो । पहिरो पन्छाए संगै बिहान ८ः३० वजेबाट सडक सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीले पहिरो पन्छाए संगै सडक दुईतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो । सडक सञ्चालनमा आए संगै पहिरोका कारण रोकीएका सवारीसाधनहरु आफ्नो गन्तव्य तर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस !