चितवनः नारायणगढ –मुग्लिन सडक खण्डमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारीमा आज बिहान २ः३५ बजे पहिरो खसेर सडक अबरुद्ध भएको हो ।
पहिरोका कारण सडक दुई तर्फि अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । अबरुद्ध सडक खुलाउन पहल भई रहेको उहाँले बताउनुभयो । निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छान कठिन भएको छ । पहिरोका कारण सो सडक भएर गुड्ने सवारी साधन रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस !