चितवनः बिषादी अबशेष द्रुत प्रयोगशालामा प्रयोग गरिएका नमुना मध्ये १४ नमुनामा बढि मात्रामा बिषादी प्रयोग भएको पाईएको छ । कृषि ज्ञान केन्द्र चितवन, भरतपुर महानगरपालिका र कृषि प्रबद्र्धन बजार बिकास प्रा. ली. क्षेत्रपुरले सञ्चालनमा ल्याएको प्रयोगशालामा गत आर्थिक वर्ष २०७८÷०८९ मा ७४४ नमुना परिक्षण गरिएकोमा सो संख्यामा बढि मात्रामा बिषादी प्रयोग गरेको पाईएको हो ।
कृषि ज्ञान केन्द्रकी अधिकृत सुरुची त्रिपाठीका अनुसार ८ वटा नमुना क्वारेन्टिनमा राखे पछि बिक्रिका लागि पठाईएको छ । ७२२ नमुना खान योग्य रहेको उहाँले जानकारी दिनुभयो । कार्यालयका अनुसार बढि मात्रामा बिषादी प्रयोग हुनेमा केरा रहेको छ । परिक्षणका क्रममा ४ ठाउँबाट ल्याईएको केरा, ३ ठाउँबाट ल्याईएको हिउँदे सिमी र २ ठाउँको काक्रो नष्ट गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार करेला, भेण्टा, वन्दा र भेडे खुर्सानी १÷१ ठाउँबाट ल्याईएकोलाई नष्ट गरिएको हो ।
बिषादीको अधिकतम प्रयोग र यसबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई निरुत्साहीत गर्न, तरकारी, फलफूल लगाएतका तत्काल उपभोग गरिने कृषि उपजमा रहने बिषादीको अबशेष शिघ्र बिश्लेषण गरि प्रचलित कानुन बमोजिम नियमन गर्न यो प्रयोगशाला निर्माण गरीएको हो । बि. सं. २०७६ साल असोज ७ गतेबाट सञ्चालनमा आएको यस प्रयोगशालाले बिहान ३ वजे देखि बिहानकै ६ बजे सम्म कृषि प्रबद्र्धन बजार बिकास प्रा.ली. क्षेत्रपुरमा सेवा दिदै आएको छ ।






