चितवनः इलाका प्रहरी कार्यालय खैरहनीको सक्रियतामा अपराध नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत खैरहनी नगरपालिका वडा नं.८ स्थित चौबिसकोठी चोकमा सोही वडाका वडा अध्यक्ष शंकर कंडेलको प्रमुख आतिथ्यतामा टोल सुधार समिति,विभिन्न संघ संस्था र स्थानिय वासिहरु समेत सहभागीतामा जनचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको हो । प्रहरी बरिष्ठ नायव निरिक्षक बाबुकृष्ण पुडासैनीले आउदै गरेको हरितालिका तिजसंगै वडा दशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा हुन सक्ने अपराधिक कृयाकलाप तथा चोरी नियन्त्रण सम्बन्धी जानकारी गराउनुभएको थियो ।






