चितवनः नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य एबं कालिका दैनिक अनलाईनका सम्पादक शिशिर सिंखडा माथि भएको आक्रमणको बिषयलाई लिएर पत्रकार सम्बध संघ संगठनहरुले बिरोध जनाएका छन् । सिंखडालाई समाचार सम्प्रेषणको बिषयलाई लिएर केही व्यक्तिहरुले हातपात गरेका थिए ।
सोही घटनालाई लिएर नेपाल पत्रकार महासंघ चितवन शाखा , नेपाल प्रेस युनियन चितवन शाखा, प्रेस चौतारी नेपाल चितवन शाखा र प्रेस सेन्टर नेपाल चितवन शाखाले आज संयुक्त बिज्ञप्ती जारी गर्दै सिंखडा माथिको आक्रमणको बिषयलाई लिएर बिरोध जनाएका हुन । महासंघ चितवन शाखा अध्यक्ष नारायण प्रसाद अधिकारी, युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्य र प्रेस सेन्टर चितवनका कोषाध्यक्ष किशोरचन्द्र सापकोटाले संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै समाचारमा चित्त नबुझेको अबस्थामा सम्बन्धित निकायमा निबेदन गर्न पाउने अधिकार र छानविनका लागि राज्यको निकाय हुँदा हुँदै त्यस्ता व्यवस्थाको वेवास्ता गरि पत्रकार माथि हातपात गरिएको घटनाको भत्र्सना गर्दछौ भनिएको छ ।
बिज्ञप्तिमा भनिएको छ “स्वतन्त्र रुपमा पत्रकारिता गर्ने बातावरण वनाउन र शान्ति सुरक्षाको प्रत्याभुतका लागि हामी स्थानीय प्रशासनसंग जोडदार माग गर्दछौं ।” पत्रकारको पेशागत सुरक्षा र भयरहित वातावरणमा काम गर्न पाउने संबिधानप्रदत्त अधिकारको सुनिश्चितता गर्न माग समेत पत्रकार सम्बध संघ संस्थाहरुले गरेका छन् । सिंखडा प्रेस चौतारी नेपालका बागमती प्रदेश सह–इन्चार्ज समेत रहनु भएको छ । नेकपा एमाले कालिका नगरपालिकाका उपाध्यक्ष दिपक लामिछानेले कुटपिट गरेको भन्दै लामिछाने सहित ४ जना बिरुद्ध उहाँले प्रहरीमा किटानी उजुरी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !