चितवनः सनराईज बैंक भरतपुर शाखाले मालिका मन्दिरलाई सहयाेग सामाग्री हस्तान्तरणा गरेकाे छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले मालिका मन्दिर, भरतपुर १० लाई डिजिटल स्क्रिाेलिङ वाेर्ड र थ्री सिटर चेयर-२ थान सहयाेग गरेकाे हाे ।
मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष महाप्रसाद सिलवाललाई शाखाका प्रबन्धक अर्जुन अर्याल, सनराईज बैंक नारायणगढका प्रबन्धक राेहित कुमार महासेठ सामाग्री हस्तान्तरण गर्नुभएकाे हाे ।
स्थानिय, मालिका मन्दिरका सदस्यहरु, बैंकका कर्मचमरीहरुकाे उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएकाे हाे । बैंकले माैलाकालिका मंदिर गैंडाकाेट जाने वाटाेमा डिजिटल बाेर्ड, सुनवलमा सनराईज चाैताराे निर्माणका कामहरु सामाजिक उत्तरदायीत्व अन्तर्गत काम गरेकाे छ ।






