चितवनः चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन् केन्द्रका तीन वटा घडियाल गोही बाघले खाएको छ । बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो । दुई वटा बाघ जुधेपछि घाईते बनेको बाघले प्रजनन् केन्द्रमा रहेका गोही खाएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाईते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन् केन्द्र छिरेको हो । त्यहाँ रहेका अन्दाजी १२ वर्षका माउ गोही खाएको उहाँले जानकारी दिनुभयो ।

बिहानको समयमा बाघले गोही खाएको हो । गोही खाने बाघ अन्दाजी १२ वर्षको भाले हो । तिवारीले भन्नुभयो “बाघले गोही खाएको मैले सुनेको पहिलो घटना हो ।” गोही खाएपछि बाघलाई डार्ट गरेर नियन्त्रणमा लिई बाँके पठाईएको छ । सो दिन पानी परेकाले ढिलो गरी कर्मचारी प्रजनन् केन्द्र गएकाले बाघको आक्रमणबाट बचेका थिए ।

बाघले आक्रमण गरी घाईते गोहीलाई बाघ भएको स्थान नजिक लगेर राखी खान आएको समयमा बाघलाई नियन्त्रणमा लिईएको हो । यस अघि बाँकेबाट एउटा बाघ यहाँ ल्याईएको थियो । यहाँ खोर खाली नभएपछि बाँके पठाईएको हो । हाल सौराहामा दुई वटा र कसरामा दुई वटा बाघ खोरमा छन् ।

प्रतिक्रिया दिनुहोस !