चितवन: कारागार कार्यालयमा कैदिकाे रुपमा रहेका ईच्छाकामना गाउँपालिका वडा नम्बर १ का नाम थर परिवतित हात्तीवाङ् १ ले आफ्नाे आमाकाे मृत्यु संस्कारकाे काम गरिरहेका छन् । बि सं २०७५ साल मंसिर २८ गतेकाे फैसलाले जवरजस्ति करणीमा १० बर्ष कैद सजाय भाेग्दै आएका उनले आमा डम्मर पुरिकाे किरिया कारागारमानै गरेकाे कारागार कार्यालय चितवनका प्रमुख कमल प्रसाद आचार्यले जानकारी दिनुभयाे।
आचार्यका अनुसार उनले आफ्नाे आमाकाे काजकिरिया गरेका हुन । आज दशाैं दिन सम्म उनले आफ्नाे धर्म संस्कार अनुसार काम गरेकाे आचार्यले जानकारी दिनुभयाे । उनकी आमाकाे ७९ बर्षकाे उमेरमा निधन भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस !