चितवनः पूर्वि चितवनको रत्ननगरमा नहरमा डुवेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १६ एकता टोल बस्ने बिमल के सिको ६ बर्षिया छोरी संस्कृति केसि रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार घर अगाडि खेल्ने क्रममा सिचाईको नहरमा खस्न गई बालिकाको मृत्यु भएको हो । नहरले वगाएर अचेत अबस्थामा फेला परेकी उनको उपचारका क्रममा स्थानिय गुञ्जमानसिंह अस्पतालमा मृत्यु भएको हो । मृतक बालिकाको शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा ल्याईएको छ ।






