चितवनः गत बैशाख २५ गते भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरि हत्या गरिएका अनिल परियारको घटनामा संलग्न रहेको आरोपमा दुई जना पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विश्व भनिने हेमन्त वास्तोला र सुनिल राउत पुर्पक्षका लागि जेल चलान भएका हुन ।
सोहि घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रोहित प्रसाद सिलवाल धरौटीमा रिहा भएका छन् । कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार सिलवाल रु २० हजार धरौटीमा छुटेका हुन । भरतपुर महानगरपालिका वडा नम्बर १२ बस्ने अनिल परियार नेपाली कांग्रेसको बागमती प्रदेश प्रतीनिधि रहेका थिए । उनलाई स्थानीय तहको निर्वाचनको समयमा आक्रमण गरि हत्या गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !