चितवनः पश्चिम चितवनको पार्वतिपुरमा घरायासी झगडा हुँदा श्रीमानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २१ बस्ने ५६ बर्षिय टिकाराम बिकको घरायसी बिबादका कारण मृत्यु भएको हो ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबर घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाईएको हो । उहाँका अनुसार घरायसी झगडा हुँदा ५४ बर्षिय बिनमाया बिकले श्रीमान टिकारामलाई अचानोले आक्रमण गरेकी थिईन । आक्रमण बाट टाउकोमा चोट लागेका टिकारामको मंगलबार घर भित्र कोठामा शब भेटिएको हो । खाटमा टाउको र ज्यान थियो भने खुट्टा भुईमा रहेको अबस्थामा टिकारामको शव भेटिएको हो ।
घटनामा संलग्न रहेको आशंकामा श्रीमती बिनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ।






