चितवन: नेपाल प्रेस युनियन चितवनले नबनिर्वाचित केन्द्रीय सदस्यलाई सम्मान एबं जिल्ला सदस्यलाई बिदाई गरेकमे छ। केन्द्रीय सदस्य अर्जन अधिकारीलाई सम्मा गरेकाे छ भने जिल्ला सदस्य कलमान श्रेष्ठलाई बैदेशिक राेगारिका लागि जापान जान लाग्नु भएकाेमा बिदाई गरेकाे छ ।
महासंघ केन्द्रीय सचिब सृजना अर्याल, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले सम्मान तथा बिदाई गर्नुभएकाे हाे । सम्मान ग्राहण पछि केन्द्रीय सदस्य अधिकारीले पत्रकारहरुकाेहक हितमा काम गर्न संगठन तयार रहेकाे बताउनुभयाे । पत्रकारिता क्षेत्रलाई मर्यादीत बनाउन प्रेस युनियन लागिपर्ने उहाँले बताउनुभयाे ।
साे अबसरमा बाेल्दै बिदाईमा बाेल्दै श्रेष्ठले युनियनकाे मायाँ र सद्भाव प्रती आभार व्यक्त गर्नुभयाे । पत्रकारीता क्षेत्रमा युनियनलाई बलियाे वनाउन आफ्नाे सहयाेग रहने बतानुभयाे ।
कार्यक्रममा बाेल्ने बक्ताहरुले पत्रकारिता क्षेत्रकाे बिकासमा युनियनले याेगदान गर्नुपर्ने बताउनु भयाे । उहाँले भन्नुभयाे”पत्रकमरिता क्षेत्रलाई व्यवसायीक वनाउन आबश्यक छ ।” पत्रकारिता क्षेत्रकाे बिकासका लागि सबै एक हुनुपर्ने उहाँकाे भनाईथियाे । महासंघ सचिब अर्यालले पत्रकारिता क्षत्रकाे बिकासमा सबै मिलेर फाग्नुपर्ने बताउनु भयाे । नेपाल प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, युनियन चितवनका उपाध्यक्ष सूर्य अधिकारी, सचिब प्रस्ताव सुबेदीले बाेल्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस !