चितवनः बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले अपराध नियन्त्रण संगै दण्ड सजायलाई रचनात्मक बनाउनु पर्ने बताउनुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले आज यहाँ आयोजना गरेको प्रदेश स्तरीय अपराध अुसन्धान समिक्षा गोष्ठी कार्यक्रममा बोल्दै उहाँले अपराध नियन्त्रण संगै दण्ड सजयालाई समेत रचनात्मक बनाएर लैजानुपर्ने बताउनुभयो ।
सम्बोधन गर्दै उहाँले भन्नुभयो “दण्ड सजायमा कैद र जरिवाना भन्दा पनि समाज रुपान्तरण तर्फ ध्यान पु¥याउनु पर्छ ।” समय अनुकुल दण्ड सजायलाई परिमार्जन गर्दै लैजानु पर्ने उहाँको भनाई थियो । उहाँले थप्नुभयो “दण्ड सजाय पाएका व्यक्तिहरुलाई समाजको बिकासमा प्रयोग गर्न सक्नु पर्छ ।” अहिले चलेको परम्परागत ढङ्गको अनुसन्धालाई परिस्कृत र परिमार्जित गर्दै लैजान सक्नु पर्ने उहाँको भनाई थियो । यसका लागि अुसन्धान अधिकारीको क्षमता बिकास र अपराध नियन्त्रणको बिषयमा काम गर्नुपर्ने खनालले बताउनुभयो ।
समाजमा हुने जुन सुकै घटनालाई पनि निस्पक्ष रुपमा अनुसन्धान गरेर अपराधिलाई कानुनको दायरामा ल्याउन उहाँले निर्देशन दिनुभयो । अनुसन्धान अधिकारीहरुलाई निस्पक्ष रुपमा काम गर्ने बातवरण बनाउन बागमती प्रदेश सरकार तयार रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्ला दिनहरुमा हुने गरेका अपराधहरु घर परिवार, चिनजान भएका व्यक्ति र आफन्तहरुबाट बढि हुने गरेको बताएका थिए । मुख्य न्यायधिबक्ताको कार्यालय हेटौडाका मुख्यन्यायधिबक्ता श्याम नारायण श्रेष्ठले शान्ति सुरक्षा कायम राख्नका लागि अपराध अनुसन्धानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । अहिले अपराधको स्वरुप परिवर्तन भएको भन्दै उहाँले समाज जटिलता तर्फ जाँदै गरेको बताउनुभयो । उहाँले भन्नुभयो “अहिले सनकको भरमा ठूला ठूला अपराध हुने गरेको छ । पहिला अपराध लुकेर गर्ने गथ्र्ये, अहिले खुलेर हुने गरेको छ ।” अपराध अनुसन्धानका लागि आबश्यक प्रयोगशालालाई प्रत्येक प्रदेशमा राखेर छिटो छरितो न्याय सम्पादनमा सहज गर्नु पर्ने उहाँको भनाई थियो । साईबर अपराधका बिषयमा कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा बिषयबस्तु समाबेश गर्न सके अपराध नियन्त्रणमा सहज हुने उहाँले बताउनुभयो ।
प्रहरी अतिरिक्त महानिरिक्षक उत्तमराज सुवेदीले समय अनुसार अपराधका प्रकृति र प्रबृतिमा परिवर्तन आउने भए पनि नेपालमा एक्कासी परिवर्तन देखिएको बताउनुभयो । पछिल्लो १५ वर्षमा अपराधमा परिवर्तन आएको बताउनुभयो । उहाँले भन्नुभयो “चोरीका घटना बाहेक ९० प्रतिशत अपराधी पहिचानका क्रममा अनुसन्धान घर परिवार, स्टमित्र र चिनजानका मान्छे तिर जाने गरेको छ ।” परिवारबाटै अपराधका घटना हुने गरेकाले अहिलेका घटनालाई सामाजीक अपराध भनेर अनुसन्धान गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले थप्नुभयो “कानुनमा नयाँ अपराधलाई परिभाषित गर्नु पर्ने हुन्छ ।” बढ्दो सामाजिक सञ्जालको प्रयोगले बालबालिका अपराधमा पर्ने गरेको उहाँले बताउनुभयो ।
जिल्ला न्यायधिश रिपेन्द्र थापाले अपराधको अुसन्धान अधिकृत स्वतन्त्र हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “अभियोजन कर्ता स्वतन्त्र, न्यायधिश स्वतन्त्र हुन्छ तर अनुसन्धान कर्तालार्ई दवावमा किन पारिन्छ ।”अनुसन्धान अधिकृतले अनुसन्धान गर्दा जे भेटिन्छ त्यो सरकारी वकिलकोमा लैजान्छु भन्नेमा लाग्नु पर्छ । अनुसन्धान अधिकृतले अध्ययन गर्ने बानि बसाल्न सकेमा अपराधीले उन्मुक्ति पाउन नसक्ने उहाँको भनाई थियो ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक किरण बज्राचार्य, प्रहरी नायब महानिरिक्षक भिम प्रसाद ढकाल, उच्च सर्कारी वकिल कार्यालय हेटौडाका सहन्यायधिबक्ता सन्देश श्रेष्ठ लगाएतले बिना दबाब स्वतन्त्र ढङ्गले अनुसन्धान गर्ने बातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । गोष्ठीमा बागमती प्रदेशका बिभिन्न जिल्लाका प्रहरी प्रमुख र अनुसन्धानमा खटिने सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको छ ।






