
चितवनः नेपालका शिक्षित युवाहरुले सञ्चालन गरेको शैक्षिक परामर्श केन्द्र एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले बिगत १९ वर्षमा १ लाख भन्दा बढिलाई परामर्श सेवा दिएको छ । बिश्वका १५ देशमा कार्यालय स्थापना गरि ५० भन्दा बढि शाखाबाट यो सेवा दिइएको हो ।
उच्च शिक्षा अध्ययनका लागि बिदेश जाने बिद्यार्थीलाई भाषा शिक्षण तथा परामर्श सेवा दिएर बिदेशी कलेजहरुसंग जोड्ने काम एक्सपर्टले गर्दै आएको छ । सर्भिसेसका निर्देशक सागर अर्यालका अनुसार एक्सपर्टले मुख्य रुपमा अष्ट्रेलिया, क्यानडा र बेलायत जाने धेरै बिद्यार्थीलाई यो सेवा दिएको छ । एक्सपर्टको अष्ट्रेलियाका प्रमुख शहरहरुमा शाखा कार्यालय मार्फत सेवा दिदैं आएको अर्याल बताउनुहुन्छ । यस्तै भारत, श्रीलंका, बंगलादेश, हङ्कङ, अर्फिका, थाइल्याण्ड लगाएतका देशमा एक्सपर्टका शाखा रहेका छन् । यी शाखामा रहेर ७ सय भन्दा बढि कर्मचारीले सेवा दिदैं आएको अर्याल बताउनुहुन्छ ।
एक्सपर्ट चितवनका निर्देशक डिल्लिराम अधिकारीका अनुसार चितवन सहित नेपालका प्रमुख शहरहरुमा कार्यालय मार्फत यो सेवा दिईएको छ । मुख्य रुपमा १० जोड दुई उत्तीर्ण गरेका बिद्यार्थी शैक्षिक परामर्शका लागि धेरै आउने गर्दछन् । यस संगै स्नातक र स्नातकोत्तर पछि पनि उच्च शिक्षाका लागि बिद्यार्थी आउने गरेको अधिकारी बताउनुहुन्छ । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि बाहिर जाने धेरै बिद्यार्थीलाई शैक्षिक परामर्श सेवा दिने संस्थामा एक्सपर्ट अग्रणी मानिन्छ ।
संस्थाले सामाजिक उत्तरदायीत्व वहन गर्दै एक्सपर्ट फाउण्डेसन स्थापना गरि समस्यामा परेकाहरुलाई सहयोग पु¥याउँदै आएको छ । बि. सं. २०७२ सालमा नेपालमा भूकम्प गए संगै स्थापना भएको यस फाउण्डेसनले तत्कालिन समयमा रु ७ लाख भन्दा बढिको राहत बाढेको अधिकारीले जानकारी दिनुभयो । यस्तै रु १० लाख लगानी गरेर सिन्धुपाल्चोकमा बिद्यालय भवन निर्माण गरेको थियो । गएको कोभिडको लहर संगै नेपालका अस्पतालहरुमा रु ६० लाख भन्दा बढि खर्च गरेर अक्सिजन कन्सन्टेटर र सिलिण्डर बितरण गरेको थियो । बिदेशमा अध्ययनमा रहेका बिद्यार्थीलाई कोभिडको समयमा १ लाख ५० हजार अष्ट्रेलियन डलर सहयोग गरेको एक्सपर्टले जनाएको छ । बाढि पहिरोको समयमा पनि एक्पर्टले सहयोग गर्दै आएको छ ।
फाउण्डेसनले जनचेतना मुलक र खेलकुद क्षेत्रमा पनि सहकार्य गर्दै आएको छ । अधिकारीले भन्नुभयो “हामीले परामर्श दिएका बिद्यार्थीलाई कुनै अफ्ठ्यारो नपरोस भन्ने कुरामा हामी सजग छौ ।” एक्सपर्टका संञ्चालकहरुले नेतृत्व गरेर प्रमुख शहरहरुमा काम गरेकाले सेवा प्रभावकारी बनेको यस संग परामर्श लिएका बिद्यार्थीहरु वताउँछन् ।