चितवनः पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुई घण्टा पछी संञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी स्थित मौरी खोलामा खसेको लेदो सहितको पहिरो पन्छाएपछि साँझ ७ः१५ वजेबाट सडक दुईतर्फी संञ्चालना आएको हो ।
आज दिउँसो ५ बजे खसेको पहिरो पन्छाए संगै रोकिएका सवारी गन्तव्य तर्फ लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !