चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत केराबारीमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी स्थित मौरी खोलामा लेदो सहितको पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।
आज साँझ ५ बजे पहिरो खसी सडक अबरुद्ध भएको हो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड भएर चल्ने सवारी साधनहरु रोकीएका छन् । पहिरो पन्छाउनका लागि डिभिजन सडक कार्यालय संग समन्वय भईरहेको कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्ष नरहरी अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !