चितवन: अटिजम केयर चितवन सोसाइटीको आयोजना तथा भरतपुर महानगरपालिकाको समन्वयमा समाबेशी शिक्षा परियोजनाका सम्बन्धमा वडा अध्यक्ष तथा सचिबहरु सग भएको दुई दिने छुट्टाछुट्टै कार्यशाला गोष्ठी सम्पन्न भएका छन । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १ देखि २९ सम्मका अध्यक्ष र सचिबहरुको सहभागिता रहेको थियोे । कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुको समाबेशी शिक्षाको अधिकारको बारेमा पनि वडा अध्यक्ष र सचिबहरु सग छलफल गरिएको छ । समाबेशी शिक्षा परियोजनाको उद्देश्य सबै बालबालिकाको सिकाइमा समान अधिकार र अवसरको प्रत्याभूति गर्नु हो । परियोजनाले ४ देखि १७ बर्ष उमेर समुहका अपांगता भएका तथा कार्यगत सिमितता भएका विद्यालय भित्र र बाहिर रहेका बालबालिकाहरुलाई लक्ष्यित बर्गको रुपमा राख्दै आएको छ । परियोजना ८७ वटा स्कुलमा लागू भएको छ । कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुको हक, अधिकार, शिक्षा र स्वास्थ्य, अवसर र चुनौती, र सेवा सुबिधाको बारेमा अटिजम केयर चितवन सोसाइटीका निर्देशक प्रमिला न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । त्यस्तै ह्यान्डिक्याप इन्टरनेशनलका प्रोजेक्ट अफिसर रमेश बरालले नेपालमा अपांगताको अवस्था, अवसर र चुनौतीको बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियोे । यसैगरी राष्ट्रिय बहिरा सघ नेपाल र कमिटेडका प्रतिनिधिले पनि गोष्ठीमा अपांगताका सम्बन्धमा छुट्टाछुट्टै कार्यपत्रहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले महानगरको बिकासमा वडातहको भूमिका महत्त्वपूर्ण रहने बताउनु भएको छ । वडातहले आफुले गर्नु पर्ने काम तथा बनाउनु पर्ने विभिन्न समितिहरुलाई समयमै बनाउन नसक्दा त्यसको असर महानगरको बिकासमा देखिने बताउनु भयो । उप प्रमुख अधिकारीले समिति बनाउने देखि लिएर बाकी सबै कामहरुलाइ तत्कालै सम्पन्न हुने गरि तयसको नतिजा महानगरमा ल्याउन वडा अध्यक्षहरुलाइ अपिल गर्नु भयो । साथै उहाँले वडा कार्यलयमा आएका सूचनाहरुलाइ वडा अध्यक्ष सग समन्वय र सहकार्य गरि सोही अनुसार अगाडि बढाउन पनि सचिबहरुलाइ निर्देशन दिनु भयो । उप प्रमुख अधिकारीले समाबेशी शिक्षा आफैमा महत्त्वपूर्ण शिक्षा भएको पनि बताउनु भयो । समाबेशी शिक्षा कै कारण अपांगता भएका ब्यक्तिहरुले प्रगति गरेको देख्दा आफूलाइ ज्यादै खुशी लागेको पनि उल्लेख गर्नु भयो । त्यस्तै कार्यक्रममा बोल्दै भरतपुर १० का अध्यक्ष तथा सामाजिक बिकास समिति सयोजक परमेश्वर खनालले समाजमा अझै पनि अपांगताको बारेमा जनचेतनाको कमि भएको बताउनु भयो । अपांगताको बारेमा घर घरमा जनचेतना पुर्‍याउन सकेको खण्डमा मात्रै समाजले अपांगहरुलाइ हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सक्ने प्रष्ट पार्नु भयो ।
कार्यक्रममा नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले समाबेशी शिक्षा परियोजनाको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले अटिजम अपांगता एक जटिल प्रकारको अपांगता भएको बताउनु भयो । उहाँले जन्मदै आउने अपांगता, जन्मेपछी हुने अपांगता, भइ परि आउने अपांगता र आहार बिहारका कारणबाट हुने अपांगताका विषयमा प्रष्ट पार्नु भएको थियोे । महानगरले आगामी दिनमा आधुनिक खालको डिजिटल परिचयपत्र दिने तयारी गरेको पनि पौडेलले जानकारी दिनु भयो । भरतपुर महानगरले गत असार मसान्तसम्ममा एक हजार ६ सय ६६ जनालाई अपांगता परिचयपत्र बितरण गरिसकेको छ । परियोजनाको कार्यक्षेत्र भरतपुर महानगरपालिका र कालिका नगरपालिका रहेको छ । कार्यक्रममा भरतपुर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, १ का अध्यक्ष केशव मर्हर्जन,११ नम्बरका वडा सचिब ओम प्रकाश न्यौपाने,गैरसरकारी सस्था समन्वय तथा सामुदायिक परिचालन शाखाको शाखा प्रमुख सुकदेब ढकालले समाबेशी शिक्षा र अपांगता भएका ब्यक्तिहरुको हक अधिकारको बारेमा बोल्नु भएको थियोे । परियोजनालाई ह्यान्डिक्याप इन्टरनेशनल, लियोनार्ड चेसाइर र सेन्स इन्टरनेशनले साझेदारी सस्थाहरुको रुपमा काम गर्दै आइरहेका छन भने अटिजम केयर चितवन सोसाइटी, राष्ट्रिय बहिरा सघ नेपाल र कमिटेडले कार्यक्रम कार्यान्वयन गर्दै आएका छन । परियोजनाको अबधि ३ बर्षको रहेको छ ।

प्रतिक्रिया दिनुहोस !