चितवनः पश्चिम चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगर बस्ने ५१ बर्षिया मायाँ बिक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायीक वनमा घाँसकाट्न गएकी बिकलाई आज दिउँसो १२ः३० वजे हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट बिकको मृत्यु भएको हो । घटना स्थल तर्फ निकुञ्जर र प्रहरीको टोलि खटिएको उहाँले जानकारी दिनुभयो ।





