चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेकाे शुभरात्री गेष्ट हाउसकाे तेस्रो तल्लाबाट खस्दा एक जनाकाे मृत्यु भएकाे छ । गेष्टहाउसकाे काेठा नम्बर १४ मा बस्ने बिरगंज महानगरपालिका वडा नम्बर १ का ४१ बर्षिय कमलेश कुमार साह कानुकाे तीन तलामाथिबाट खसेर मृत्युभएकाे हाे । उनकाे भरतपुर अस्पतालमा उपचारका क्ममा मृत्यु भएकाे हाे । घटना मंगलबार राति भएकाे हाे ।






